नेपाली पवर्तारोही टोलीको नयाँ कीर्तिमानीः चढे हिउँद याममा कहिल्यै नचढिएको हिमाल

काठमाडौं । नेपालका १० जना पर्वतारोहीले जाडो याममा विश्वकै दोस्रो अग्लो हिमाल माउन्ट केटुको सफल आरोहण गरेर नयाँ कीर्तिमानी कायम गरेका छन् ।
निर्मल पुर्जासहितको १० जनाको टोलीले पाकिस्तानको ८६११ मिटर उचाई भएको विश्वकै दोस्रो अग्लो हिमाल केटु आरोहण गरेका हुन् ।

यसअघि सो हिमालमा हिउँद याममा अहिलेसम्म कोही आरोही पुगेका थिएनन् ।

नेपालका निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाको टोलीले शनिवार साँझ ५ बजेर ४५ मिनेटमा पर्वत आरोहण गर्न सफल भएका हुन् । यीमध्ये मिङ्मा जी शेर्पाले अक्सिजन बिना आरोहण गरेका हुन् ।

टोली २१ डिसेम्बरमा आधार सिविरतर्फ प्रस्तान गरेको थियो।

गत वर्ष पनि नेपाली शेर्पा टोलीले यस हिमालको आरोहण गर्ने प्रयास गरेका थिए । तर मौसम प्रतिकूल भएकाले ६ हजार मिटरबाटै फर्किनु परेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म जम्मा तीन सय ६ जनाले माउन्ट केटुको सफल आरोहण गरेका छन् भने आरोहणका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ८४ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?