घट्यो सुनको मूल्य, कति छ तोलामा ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । साताको अन्तिमदिन शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ५ सय रहेको थियो । भने आज तोलामा ७ सयले मूल्य गिरावट भइ प्रतितोला सुन ९१ हजार ८ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९१ हजार ९ सय रहेको छ ।

महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य १२ सय ३० रहेको छ । यसअघि शुक्रवार प्रतितोला चाँदीको मूल्य १२ सय ६० रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?