पछिल्लो चार खेलमा चेल्सीको पहिलो जित, फुलहम स्तब्ध !

लोकपथ
0
Shares

काठमाडौं । प्रिमियर लिग फुटबलमा चेल्सीले जित हात पारेको छ । शनिवार राती भएको खेलमा चेल्सीले रेलिगेशन जोनमा रहेको फुलहममाथि १-० को जित हात पारेको हो ।

घरेलु टोली पहिलो हाफमै १० खेलाडीमा सिमित बनेको थियो । एन्टोनी रविन्सन रातो कार्ड खादै पहिलो हाफको अन्तिम मिनेटमा मैदान बाहिरिएका थिए ।

तर यस सिजनको खर्चिलो क्लब चेल्सीले गोलका लागि ७८ औं मिनेटसम्म पर्खनु पर्यो । खेलको ७८ औं मिनेट मिसन माउन्टले चेल्सीका लागि विजयी गोल गरे ।

पछिल्ला चार खेलमा चेल्सीले पहिलो जित निकालेको हो ।

जित सहित चेल्सी २९ अंक जोड्दै तालिकाको सातौं स्थानमा उक्लिएको छ । फुलहम १२ अंक सहित रेलिगेशन जोनमै रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?