पीएसजी लिग वानको शीर्ष स्थानमा

लोकपथ
0
Shares

काठमाडौं । जितसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) लिग वानको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिवार राति भएको खेलमा घरेलु टोली एन्जर्समाथि १-० को जित निकाल्दै पीएसजी यस सिजन पहिलो पटक लिग वानको शीर्ष स्थानमा उक्लिएको हो ।

डिफेन्डर लेविन कुरजवाले दोस्रो हाफमा गरेको गोल पीएसजीलाई तीन अंक दिलायो ।

पीएसजीले दोस्रो स्थानको लियोनसँग २ अंकको अग्रता लिएको छ । पीएसजीको २० खेलबाट ४२ अक छ । लियोनको ४० अंक छ । एन्जर्स ३० अंक सहित सातौं स्थानमा छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?