२१ जेष्ठ २०८०, आईतवार

काँग्रेस चितवनबाट २७७ जनाको नाम सिफारिस

२०७४,आश्विन,१७,मंगलवार ०६:३९

9
Shares

चितवन, १७ असोज ।आउँदो मंसिर २१ गते हुन लागेको संघ र प्रदेशसभाको निर्वाचनका लागि नेपाली काँग्रेस चितवनले २७७ जनाको नाम पार्टी केन्द्रीय समितिमा सिफारिस गरेको छ ।काँग्रेस चितवनले आज नगर र क्षेत्रबाट सिफारिस सबै २७७ जनाको नाम नै केन्द्रमा पठाउने निर्णय गरेको हो । काँग्रेस केन्द्रीय समितिले जिल्लाबाट ५४ जनाको नाम सिफारिस गर्न आह्वान गरे पनि नगर र क्षेत्रबाट सिफारिस गरिएका नामलाई जिल्ला समितिले काँटछाँट गर्न नसकेपछि सबै नाम टुंगो लगाउन केन्द्रलाई सिफारिस गरिएको जिल्ला सचिव उत्तम जोशीले जानकारी दिनुए ।जिल्लाबाट केन्द्रमा सिफारिस हुने नाममा जिल्लाका कहलिएका नेतादेखि युवा पुस्ताका नेताको नाम परेको छ । जिल्लाबाट यसअघि मन्त्री र सांसद बनिसकेकाले संघको निर्वाचनका लागि आफ्नो नाम पठाएका छन् । चितवन क्षेत्र नं २ बाट निर्वाचित शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीको नाम संघको निर्वाचनमा क्षेत्र नं २ का लागि सिफारिस भएको भएको छ ।उनिसँगै जिल्लाका अन्य नेताका नामसमेत संघको उम्मेदवारका लागि सिफारिस भएको छ । यस्तै जिल्लाका तीन सांसद रामकृष्ण घिमिरे, अञ्जनी श्रेष्ठ र उमेश श्रेष्ठको नाम क्षेत्र नं ३ मा संघको निर्वाचनका लागि सिफारिस भएको छ ।जिल्लाले संघको निर्वाचनमा प्रत्यक्षतर्फ २१ र समानुपातिकतर्फ २८ जनाको नाम सिफारिस गरेको सचिव जोशीले जानकारी दिनुए । क्षेत्र नं १ बाट पाँच जना प्रत्यक्ष र आठ जना समानुपातिकतर्फ छन् । यस्तै २ नं क्षेत्रमा आठ प्रत्यक्ष र १० समानुपातिक तथा ३ नं क्षेत्रमा आठ प्रत्यक्ष र १० समानुपातिक उम्मेदवारको नाम सिफारिस भएको छ ।यसैगरी प्रदेशसभाका लागि काँग्रेस चितवनले क्षेत्र नं १(क) बाट प्रत्यक्षमा सात, समानुपातिकमा ११, (ख) बाट ३१ प्रत्यक्ष र २८ जनाको नाम समानुपातिकमा सिफारिस गरिएको छ ।यस्तै २ नं क्षेत्र (क) बाट प्रत्यक्षमा चार, समानुपातिकमा २७ , (ख) बाट प्रत्यक्षमा १३ र समानुपातिकमा २३ जनाको नाम सिफारिस गरिएको छ ।काँग्रेस चितवनका अनुसार ३ नं क्षेत्रको प्रदेशसभाका लागि (क) बाट प्रत्यक्षमा १३ र समानुपातिकमा ३५ तथा (ख) बाट प्रत्यक्षमा सात र समानुपातिकमा २८ जनाको नाम सिफारिस भएको छ ।जिल्ला समितिले क्षेत्रले पठाएका नाममा राय सुझावसहित केन्द्रीय कार्यसमितिमा पठाएको हो । क्षेत्रले पठाएका नामलाई जिल्लाले काट्न नमिल्ने भएकाले सबैको नाम सिफरिस गरिएको सचिव जोशिले बताए ।यसैगरी काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको नाम भने प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नं २ (क) बाट प्रत्यक्षमा सिफारिस भएको छ । संघका लागि चितवनमा तीन र प्रदेशसभाका लागि छ निर्वाचन क्षेत्र छुट्याइएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,१७,मंगलवार ०६:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १ गतेदेखि काठमाडौं भित्रिने र बाहिरिने लामो दूरीका सवारी साधन नयाँ बसपार्कबाट सञ्चालन नगरे काठमाडौं महानगरपालिकाले कारवाही

राँझा । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ सञ्चालनमा रहेका सहकारीको अवस्था बुझ्न अनुगमन शुरु गरेको छ । नगरमा सञ्चालनमा रहेका सहकारीको अवस्था

काठमाडौं । बागमती प्रदेश सभा सांसद कृष्णकुमार तामाङ ‘समीर’ले आगलागी पीडितलाई राहत सामग्री प्रदान गरेका छन् । गत वैशाख २७

कैलाली । पूर्वाधार विकास निर्माणमा कैलालीको बर्दगोरिया अब्बल गाउँपालिकाको रुपमा परिचित हुन थालेको छ । सामाजिक, आर्थिक रुपान्तरणसँगै पूर्वाधार निर्माण

ताजा समाचार

कोरोना भाइरसको सङ्क्रमण शून्यमा
 २०८०,जेष्ठ,२१,आईतवार २२:४१