केपी ओलीले खुलेआम भ्रष्टाचार गर्न संसद विघटन गरे: महामन्त्री तिमल्सिना

काठमाडौं । सरकारको असंवैधानिक कदमको विरोध गर्दै नेपाली कांग्रेसले देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधि सभा पुनस्र्थापना माग गर्दै अर्घाखाँचीका ६ वटै स्थानीय तहमा नेपाली कांग्रेसले प्रदर्शन गरेको हो ।

मालारानी गाउँ पालिकामा भएको विरोध सभामा प्रमुख अतिथि नेविसंघका महामन्त्री बलदेव तिमिल्सिनाले सरकार भष्ट्रचारमा लिप्त रहेकोले भ्रष्टाचारलाई लुकाउन र थप निश्फिक्री भ्रष्टाचार गर्नकै लागि संसद विघटन गरेको आरोप लगाए । तिमिल्सनाले केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचार, कुशासन र ज्यादती मार्फत् जनता विरुद्धको रबैयामा लिप्त रहेको र संविधानको मर्म भन्दा बाहिर गएर संसद विघटन गरेको भन्दै चर्को आलोचना गरे ।

उनले सर्वोच्च अदालत संविधानको धाराले जन्माएकाले अदालत प्रधानमन्त्रीबाट प्रभावित हुनु गम्भीर विषय भएकाले अदालतले विवेक पुयाएर जनतालाई न्याय गर्नुपर्ने धारणा तिमिल्सनाले राखे ।

प्रदेश सांसद तथा सचेतक निर्मला क्षेत्री, कांग्रेस जिल्ला सहसचिव इन्सु मिया, नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्याल समितिका सभापती हरि आचार्य,महिला संघ क्षेत्रीय सभापति शान्त खनाल, तरुण दलका लिलामणी पोख्रेल नेविसंघका नेताहरु मनिष रायमाझी,सरोज मरासैनी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम मालारानी संयोजक शोभाखर खनालको सभापतित्व, भरत थापाको स्वागत र लक्ष्मण पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।

नेपाली कांग्रेस मालारानीको आयोजनामा भएको विरोध सभा कार्यक्रम खनदहमा सम्पन्न भएको हो । कार्यक्रममा अनेरास्ववियुका जिल्ला सचिव तथा अर्घाखाँची शिक्षा क्याम्पसका अध्यक्ष मणिराम बस्नेत लगायत युवा विद्यार्थी समेत नेकपा परित्याग गरी ७७ जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस मालारानीका संयोजक शोभाखर खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?