फलफूल तथा तरकारीको मूल्य सार्वजनिक, कुनको कति ?

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतवार (आज) का लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार हरियो फर्सीको औसत मूल्य २२ रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै हरियो धनियाको प्रतिकेजी मूल्य ११० रुपैयाँ, फुजी स्याउको प्रतिकेजी मूल्य २९० रुपैयाँ, स्थानीय काउली(ज्यापु) को मूल्य २७ रुपैयाँ ५० पैसा रहेको छ ।

समितिका अनुसार स्कूसको प्रतिकेजी मूल्य ५५ रुपैयाँ, सेतो मुला (हाइब्रीड)को मूल्य २२ रुपैयाँ ५० पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?