विघटित संसदका सदस्यहरु जनताप्रति समर्पित र अनुशासित भएनन्: मुख्यमन्त्री पोखरेल

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले विघटित संसदका सदस्यहरु जनताप्रति समर्पित र अनुशासित नभएको टिप्पणी गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । नेकपा ओली समूहका स्थायी कमिटी सदस्यसमेत रहेका पोखरेलले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम नयाँ युगतर्फको यात्रा भएको समेत बताएका छन् ।

“प्रचण्ड कमरेडहरूले भनेझैँ संसद् मासेको, संसद्को हत्या गरेको नभई नयाँ जनादेशमार्फत् जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधिको बलियो उपस्थिति रहने नयाँ संसद्को खोजी भएको हो,” उनले लेखेका छन् । स्ट्याटसमा उनले जनताप्रति समर्पित र अनुशासित जनप्रतिनिधि चयन गर्न निर्वाचन रोजिएको जिकिर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?