आज दाहाल–नेपाल समूहले विद्यार्थी र युवा भेला गर्दै

काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहले आज आइतबार विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । माघ ९ गते गर्ने भनिएको जनप्रदर्शनको तयारी गर्न सो समूहले देशैभर विभिन्न बैठक तथा कार्यक्रमहरु आयोजना गरेको छ ।

दाहाल–नेपाल समूहको नेकपाले आज काठमाडौंका विद्यार्थी संगठन र युवा संगठनको बैठक तथा भेला आयोजना गर्दैछ । तिनकुनेस्थित एक बैंक्वेट र प्रज्ञा भवन कमलादीमा हुने दुवै बैठकलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने जनाइएको छ ।

दाहाल–नेपाल समूहले आन्दोलनका कार्यक्रम थप परिमार्जन गर्दै माघ ९ गते काठमाडौंमा बृहत जनप्रदर्शन गर्ने निर्णय गरेको छ । प्रधानन्त्री ओलीले संसद विघटन गरेपछि निरन्तर आन्दोलन गरिरहेको यो समूहले माघ ६, ७ र ८ गते पर्चा वितरण, कोणसभा, माइकिङ, सांस्कृतिक प्रचार सभासहितका सिर्जनात्मक प्रचार कार्यक्रम गर्ने तयारी गरेको छ ।

त्यसैगरी माघ ७ गते दिउँसो २ बजे भृकुटीमण्डपमा जम्मा भएर उपत्यकाव्यापी मोटरसाइकल ¥याली आयेजना गर्ने र ९ गते उपत्यकाका विभिन्न स्थानबाट निस्केका जुलुशसहित मध्यान्न १२ बजे काठमाडौंको रत्नपार्कबाट एकीकृत विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?