ओलीलाई योगेशको जवाफ: केटाकेटीको रगत-पसिनाको जगमा खडा भएको व्यवस्थामै कुर्सी पाउनु भएको छ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीको स्तर थाहा पाउँदा आफूलाई खुशी लागेको बताएका छन् । प्रधानमन्त्री ओलीले आफूलाई लक्षित गरेर व्यङ्ग्य गरेपछि भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत् त्यसको जवाफ फर्काएका हुन् ।

केटाकेटीको रगत, पसिना र मेहेनतको जगमा खडा भएको व्यवस्थामा नै ओलीले कुर्सी पाएको टिप्पणी गर्दै उनले केटो भनिपाउँदा दु:ख नलागेको प्रतिक्रिया दिएका हुन् । उनले ट्वीटरमा लेखेका छन्, ‘केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो। केटो भनिपाउदा मलाई दुःख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो।’

हिजो एक कार्यक्रममा ओलीले योगेश भट्टराईप्रति लक्षित गर्दै बैगुनी केटोको संज्ञा दिएर कटाक्ष गरेका थिए । ‘बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्तीले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ’, ओलीले भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?