छिमेकी देश भारतमा सुरु भयो कोरोनाविरुद्ध बृहद खोप अभियान

लोकपथ
0
Shares

छिमेकी देश भारतमा खोप लगाउने कार्यक्रम सुरु भएको छ । शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको घोषणा गरेका हुन्् ।

विश्वकै सबैभन्दा ठूलो खोप कार्यक्रम भनिएको यो अभियान अन्तर्गत शनिबार लद्दाखमा तैनाथ भारत–तिब्बत सीमा पुलिस (आईटिबीपी) अन्तर्गतका झन्डै २० स्वास्थकर्मीहरुलाई कोरोनाको खोप लगाइएको समाचारमा जनाइएको छ ।

भिडियो कन्फ्रेसिङमार्फत जनतालाई सम्बोधन गर्दै मोदीले कोरोनाविरुद्धको लडाई अवश्य जित्ने बताए । सुरुदेखि नै आत्मविश्वास र आत्मनिर्भर भएर भारतले लडाँइ लडिरहेको उनले बताए ।

खोप अभियान सुरु भएपछि केन्द्रीय स्वास्थ मन्त्री हर्षवद्र्धनले आफु निकै खुसी रहेको बताए ।
भारतमा पहिलो चरणमा तीन करोड स्वास्थकर्मीहरुलाई कोरोनाको खोप लगाइँदैछ ।

अक्सफोर्ड–एस्ट्रेजेनेकाद्धारा विकसित तथा सेरम इन्स्टिच्युटद्वारा उत्पादित कोविसिल्ड र भारत बायोटेकेको को–भ्याक्सिनले भारतमा आपतकालिन प्रयोगको अनुमति पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?