मोटरसाइकल चोरी गरेको अभियोगमा ४ जना पक्राउ

लोकपथ
0
Shares

भक्तपुर नगरपालिका-४ राममन्दिर नजिकै पार्किङ गरी राखेको बा.३२ प ७९५३ नम्बर मोटरसाइकल चोरी गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-८ घ्यापेडाँडा बस्ने १८ वर्षीय किशोर सहित ४ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका-८ थापा पार्टि प्यालेस बस्ने २५ वर्षीय राजन पोतामाहाले उक्त स्थानबाट आफ्नो मोटरसाइकल चोरी भएको भनी प्रहरीलाई बिहीबार राति खबर गरेपश्चात महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त मोटरसाइकल ठेल्दै ल्याईरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?