सुरोज र पविनको जोडी फाइनलमा

लोकपथ
0
Shares

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सुरोज महर्जन र पविन लिनथेपको जोडी योनेक्स सनराईज १० औ पुष्पलाल स्मृती राष्ट्रिय ¥यङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा फाईनल प्रवेश गरेका छन् । क्वाटरफाईनलमा एपिएफका दीपेश धामी र बिजित थापामगरको जोडीलाई पराजित गर्दै सनसनी मचाएको महर्जनको जोडीले सेमिफाईनलमा सेनाकै प्रफुल महर्जन र रुकेश महर्जनको जोडीमाथी जित निकाल्दै उपाधी निकट पुगेको हो । सुरोज र लिनथेपको जोडीले १८।२१, २१।१५, २१।१३ को जित निकालेको हो । अव महर्जनको जोडीले सेनाकै नविन श्रेष्ठ र रत्नजित तामाडको जोडी संग प्रतिस्पर्धा गर्नेछ । रत्न र नविनको जोडीले बाँकेका ईरफान अन्सारी र धादिङ्गका सुदीप सेंढाईको जोडीमाथी २१।१०, २१।१६ को जित निकालेको हो ।

१६ बरियता बाहेकको पुरुष एकलमा कैलालीका देवराज राना र सेनाका दिवश शंकर उपाधीका लागि भिड्ने भएका छन् । देवराजले सेनाका डेभिड थापामगरलाई २४।२२, २१।१८ ले तथा शंकरले एपिएफका भेट्रान खेलाडी ईन्द्र बहादुर महतालाई २१।६, २१।१२ ले पराजित गर्दै फाईनल यात्रा पक्का गरेका हुन् । यस्तै महिलाको १२ बरियता बाहेकको एकल प्रतिस्पर्धामा कैलालीकी प्राथना देउवाले बिजय पाईन् । उनले बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेलाई २१।१२, २०।२२, २१।१९ ले पाखा लगाईन् । अव देउवाले उपाधीका लागि झापाकी अञ्जना राईको सामना गर्नेछिन् । राईले एपिएफकी प्रक्षा राईलाई २१।१३, २१।११ ले पराजित गरिन् ।

ब्वाईज यु १७ एकलमा सेनाका भोज बहादुर गुरुङ्ग र आयुष्मान नागरी उपालीका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । भोजले पाँचथरका एशिया जवेगुलाई २१।१४, १४।२१, २१।१४ले तथा आयुष्मानले १७।२१, २१।१९, २१।१७ ले पराजित गरे । गल्र्स १७ मा राष्टिय च्याम्पियन सेनाकी रशिला महर्जनले कैलालीका एलिना तिरवालाई २१।३, २१।१ को सहज जित निकालिन् । रशिलाले उपाधीका लागि बिराट ब्याडमिन्टन क्लबकी रोज पाण्डेको सामना गर्ने छिन् । रोजले कैलालीकी प्राथना देउवालाई महिला एकलमा भएको हारको बदला लिंदै २१।१८, २१।१९ को सोझो सेटमा पराजित गरिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?