भारतबाट फर्किए परराष्ट्रमन्त्री ज्ञवाली, विमानस्थलमा के–के भने ?

लोकपथ
0
Shares

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले आफ्नो भारत भ्रमणले दुई देशबीचको मैत्रीपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई मजबुद पार्न योगदान पुगेको बताएका छन् ।

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री ज्ञवाली शनिबार नेपाल फर्किएका हुन् ।

भ्रमणले नेपाल र भारतविच रहदै आएको घनिष्ठ, मैत्रिपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप मजबुद पार्न योगदान पुगेको मन्त्री ज्ञवालीले बताए ।

आयोगको बैठकमा कोभिड १९ को भ्याक्सिनको आवश्यकतापूर्ति गर्ने बारेमा भारतसँग छलफल भएको तथा भारतले नेपाललाई प्राथमिकतामा राखेको स्पष्ट पारेको उनले जानकारी दिए ।

त्यसैगरी कोभिडका कारण बन्द रहेका हवाई तथा स्थल मार्गहरु क्रमशः खोल्दै जाने, हुलाकी सडक अन्र्तगतको १४ खण्डमध्ये सम्पन्न भइसकेको ११ खण्ड हस्तान्तरण प्रक्रिया अगाडी बढाउने र बाँकी खण्ड छिट्टै सक्ने कुराकानी भएको उनले बताए ।

बैठकमा रक्सौल, काठमाडौँ रेलमार्ग निर्माण कार्यको फिल्ड लोकेशन सर्भेका लागि एमओयू अन्तिम चरणमा पुगेकोले शिघ्र काम शुरु गर्ने सहमती गरेको छ । भैरहवामा एकिकृत चेकपोष्टको काम शिघ्र शुरु गर्ने विषयमा कुरा भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?