१३ असार २०७९, सोमवार

छुरा र खुकुरी प्रहारबाट दुई घाइते

२०७४,आश्विन,१७,मंगलवार ०६:२९

0
Shares

उर्लाबारी, मोरङ, १७ असोज ।मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मा गएराति छुरा प्रहारबाट एक युवक घाइते भएका छन् ।लिंगे पिङ खेल्नेक्रममा विवाद हुँदा पिङ खेल्न आएका अपरिचित ३०/३५ जनाको समूहले सोही स्थान बस्ने भोला थापाका २० वर्षीय छोरा मदन थापामगरलाई राति १२ः१५ बजे छुरा प्रहार गरेको स्थानीयवासीले बताएका छन् ।छुरा प्रहारबाट घाइते मगरलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ । छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए ।यस्तै, मोरङकै बूढीगंगा गाउँपालिका–२ गंगाचोक बस्ने १९ वर्षीय राकेशकुमार झा खुकुरी प्रहारबाट घाइते भएका छन् ।उनलाई सोही ठाउँका १८ वर्षीय सुमितकुमार झाले सामान्य विवाद हुँदा साँझ ७ बजेतिर खुकुरी प्रहार गरेका थिए । घाइते राकेशको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने सुमितलाई इलाका प्रहरी कार्यालय, निमुवाले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,१७,मंगलवार ०६:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

एजेन्सी । चन्द्रमा,सूर्य र हाम्रो सौर्यमन्डल कसरी बन्यो भन्ने अध्ययन गर्न धेरै अन्तरिक्ष अभियानहरू भएका छन् । तर, विशाल ग्रह

सिरहा । सिरहा प्रहरीले प्रतबवन्धित लागु औषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको धनगढीमाई नपा १४ हात्तीढुङ्गाबाट २७ किलो

चितवन । कटुवा पेस्तोल, नगद, सुन र मोबाइल फोनसेटसहित चितवन प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ । जेठमा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट ४ ग्राम अवैध लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शनिबार साँझ ब्राउनसुगरसहित

ताजा समाचार

आफ्नै घर बिर्सिन्छिन् दीपिका
 २०७९,असार,१३,सोमवार ११:२९