यी कलाकारले ६९ वर्षको उमेरमा गरिन् बोल्ड फोटोशुट, तस्वीर भाइरल

दक्षिण भारतीय कलाकार तथा मलायालम बिग बोस प्रतिस्पर्धी रजनी चान्डी यतिबेला ग्ल्यामर फोटोशुटका कारण चर्चामा छिन् ।

६९ वर्षीया रजनीले छोटा कपडा लगाएर फोटोशुट गराएपछि सामाजिक सञ्जालमा उनको चर्चा भएको छ ।

यसअघि उनी सधै पराम्परागत कपडा र सारीमा देखिने गर्थिन् । उनको पछिल्लो लुक देखेर सामाजिक सञ्जालमा ट्रोलिङ गरिएको छ । उनी ६५ वर्षको उमेरमा मलायालय फिल्मबाट सन्यास लिएकी हुन् ।

रजनीको यो लुक देखेर इन्स्टाग्राम प्रयोगकर्ताले बाइबल पढ्ने सल्लाह दिएका छन् । कतिले भने उनको तारिफ गरेका छन् । नकारात्मक प्रतिक्रिया दिनेमा भने पुरुषभन्दा बढी महिला देखिएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?