केपी ओलीलाई किन अवरोध गरेको ? : सुवास नेम्बाङ

काठमाडौं – ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य सुवास नेम्बाङले पार्टीका नेताहरुले किन अवरोध गरेको भन्दै प्रश्न गरेका छन् ।

आज काठमाडौंको तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा आयोजित प्रदेश नम्बर १ कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।

उनले प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव नेपाललाई संकेत गर्दै केपी ओलीलाई किन अवरोध गरेको भन्दै प्रश्न गरे ।

‘महाधिवेशनबाट नयाँ पुस्तालाई अध्यक्ष प्रधानमन्त्री बनाउँछु, म कक्षा दोहोर्‍याउने विद्यार्थी होइन भन्नुभएको थियो,’ नेम्बाङले भने, ‘यस्तो बेलामा हामी किन यहाँ आइपुग्यौं, केपी ओलीलाई किन अवरोध ? बाटो छेकिन्छ ?’

उनले माधव नेपाल प्रचण्ड–नेपाल समूहको नेकपाको अध्यक्ष भएकोतर्फ संकेत गर्दै भने, ‘मैले नाम बिर्सिएँ, केपी कमरेडलाई कारबाही गरेर अध्यक्ष बन्नुभयो रे, केहीअघि केपी शर्मा ओलीसँग हार्नुभएको थियो, अहिले उहाँले केपी कमरेडलाई हटाएर अध्यक्ष बन्नुभयो, कस्तो सजिलो रहेछ, थाहै थिएन ।’

कार्यक्रममा बोल्दै नेम्बाङले ओलीलाई नपत्याएर के गर्न खोजेको भन्दै प्रतिप्रश्न पनि गरे । उनले जनताले ओलीलाई पाँच वर्ष प्रधानमन्त्री मानेर पठाएको तर पाँच वर्ष नपुग्दै त्यही अवस्थामा फर्कनुपरेको समेत दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?