मोदीले समय नदिएपछि नभेटी स्वदेश फर्कँदै परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं – भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली स्वदेश फर्कन लागेका छन् ।

आज (शनिवार) स्वेदश फर्कन लागेका ज्ञवाली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नभेटी स्वदेश फर्कन लागेका हुन् । मोदीले समय नमिलाएपछि ज्ञवाली उनलाई नभेटी स्वदेश फर्कन लागेका हुन् ।

शनिवारसम्म नेपाली पक्षले  मोदीसँग भेट हुने अपेक्षा गरे पनि समय मोदीले समय दिएनन् । मोदीसँग भेट नहुने भएपछि ज्ञवाली एअरपोर्टतर्फ प्रस्थान गरेका छन् ।

यसअघि दुई देशमा हुँदै आएको नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका बेला परराष्ट्रमन्त्रीले सरकार प्रमुखसँग भेट्ने परम्परा रहे पनि मोदीले भने यसपटक भेट गर्न समय दिएनन् ।

मोदीले समय नदिनुलाई नेपालको पछिल्लो राजनीतिक अवस्थासँग जोडेर व्याख्या गरिएको छ ।

मन्त्री ज्ञवालीले यसअघि शनिवार बिहान भारतीय रक्षामन्त्री राजनाथ सिंह भेट गरेका थिए । उक्त भेटघाटमा नेपालको आन्तरिक राजनीतिबारे भने कुनै छलफल नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?