अवैध जिवजन्तु तस्करीमा संलग्न ५ जना हतियार सहित पक्राउ

काठमाडौं । अवैध जिवजन्तु तस्करीमा संलग्न ५ जनालाई हतियार सहित निजहरुको घरबाट प्रहरीले पक्राउ गरेको छ ।

शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र अन्तर्गत त्रिपुरासुन्दरी न.पा.११ मुह ईलाकाबाट राष्ट्रिय निकुञ्ज कार्यालयका प्रतिनिधिले स्थानीय प्रहरीको सहयोगमा हतियार सहित ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डोल्पा जिल्ला त्रिपुरासुन्दरी न.पा. वडा नं. ११ मुह बस्ने वर्ष ४५ को मन बहादुर बुढा, वर्ष ३७ का चन्द्र प्रसाद बुढा, वर्ष ४१ का सुर्य बहादुर बुढा, वर्ष ३० का चन्द्र के.सी, वर्ष २१ का गोकर्ण बुढा रहेका छन् ।

निजहरुको घरबाट बरामद भएको भरुवा बन्दुक नाल २, बारुदको डिब्बा थान १, छर्रा थान ४५, कस्तुरी मार्ने पासो गोटा थान १४, बारुद भरिएको चौरी गाईको सिङ्ग गोटा २ र शंकास्पद कस्तुरीको दाँत गोटा ४ बरामद गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?