पाहुना लाग्न आएका १४ वर्षीय किशोरद्वारा २ वर्षीया बालिकाको बलात्कार

काठमाडौं । काठमाडौंको काँडाघारीमा १४ वर्षीय किशोरद्वारा साढे २ वर्षीया बालिका बलात्कृत भएकी छन् ।

कागेश्वरी मनोहरा नगरपालिकास्थित काँडाघारीमा परिवारसँग डेरामा बस्दै आएकी बालिकालाई आफन्तकामा पाहुना लाग्न आएका एक किशोरले बलात्कार गरेका हुन् ।

गत सोमवार बालिका बलात्कृत भएको सूचना पाएपश्चात् महानगरीय प्रहरी प्रभाग काँडाघारीले किशोरलाई पक्राउ गरेको थियो । अहिले आरोपित किशोरलाई बालबालिका सम्बन्धी ऐन–०७५ बमोजिम निगरानी कक्षमा राखिएको छ ।

कानूनतः अपराध गरेका बालबालिकालाई प्रहरीले हिरासतमा राख्न पाउँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?