सप्तकोशीका विद्यालय एक साता बन्द

RSS
0
Shares

राजविराज । शीतलहरसँगै अत्यधिक चिसो बढेपछि सप्तरीको उत्तरी क्षेत्रस्थित सप्तकोशी नगरपालिकाले सबै विद्यालय एक साताका लागि बन्द गरेको छ । नगरपालिकाको बोर्ड बैठकले माघ १ देखि माघ ७ गतेसम्म नगरपालिका क्षेत्रभित्र रहेका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाभित्र ११ सार्वजनिक र १२ निजी विद्यालय छन् ।

तराई–मधेसमा विगत चार/पाँच दिनदेखि अत्यधिक चिसो बढेका कारण बालबालिका बढी प्रभावित हुन थालेपछि स्वास्थ्य सुरक्षाको दृष्टिकोणले माघ ७ गतेसम्मका लागि यहाँका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख उत्तम गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?