नेताहरुको आरोप प्रत्यारोपको स्तरले जनतामा प्रणालीमाथी वितृष्णा पैदा गर्यो: कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले जनतामा राजनीतिक प्रणालीमाथी नै वितृष्णा पैदा भएको टिप्पणी गरेका छन् । अहिले प्रमुख दलहरुमा चलिरहेको आरोप प्रत्यारोपमाथि सामाजिक संजालमा टिप्पणी गर्दै अध्यक्ष थापाले गणतन्त्र र संघियताका संवाहकहरूको शैली र स्तरले राजनीतिक प्रणालीमाथी जनतामा वितृष्णा पैदा गरेको उल्लेख गरेका हुन् ।

आफ्नो स्वार्थपूर्तिका लागि संविधान,न्यायालय र व्यवस्थाको धज्जी उडाएर प्रमुख पार्टिका प्रमुख नेताहरुले आफैंले स्थापित गरेका मान्यतालाई औचित्यहिन साबित गरेको भन्दै थापाले आलोचना समेत गरेका छन् ।

“गणतन्त्र,धर्मनिरपेक्षता र संघियताका संवाहकहरूको परस्पर आरोप प्रत्यारोपको भाषा/शैली/स्तरले राजनीतिक प्रणालीमाथी नै जनतामा वितृष्णा/घृणा पैदा गरेको छ । स्वार्थगत आधारमा संविधान,न्यायालय र व्यवस्थाको धज्जी उडाउने कार्यले उनीहरू आफूले स्थापित गरेका मान्यतालाई औचित्यहिन साबित गरी रहेछन्,” थापाले लेखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?