पहिलो दिनमै निफ्राको झण्डै ४ करोड शेयरका लागि आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(NIFRA)को आईपीओमा पहिलो दिनमा झण्डै ३ लाखले आवेदन दिएका छन् । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार शुक्रवार साढें ४ बजे सम्म कुल निष्काशनको ४८.८७ प्रतिशत अर्थात् २ लाख ८५ हजार ३१८ जनाले आवेदन दिएका हुन् ।

सो अवधिसम्ममा ३ करोड ७० लाख ६२ हजार ६७० कित्ता शेयरको लागि ३ अर्ब ७० करोड रुपियाँ बराबरको आवेदन परेको विक्री प्रबन्धकले जनाएको छ । कम्पनीले प्राथमिक बजारको हालसम्मकै इतिहासमा सबैभन्दा बढी ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री खुला गरेको हो ।

सबै आवेदकले पाउने निश्चित रहेको यो आईपीओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्रीमा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?