१७ माघ २०७९, मंगलवार

छुरा र खुकुरी प्रहारबाट दुई घाइते

२०७४,आश्विन,१७,मंगलवार ०६:२९

9
Shares

उर्लाबारी, मोरङ, १७ असोज ।मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मा गएराति छुरा प्रहारबाट एक युवक घाइते भएका छन् ।लिंगे पिङ खेल्नेक्रममा विवाद हुँदा पिङ खेल्न आएका अपरिचित ३०/३५ जनाको समूहले सोही स्थान बस्ने भोला थापाका २० वर्षीय छोरा मदन थापामगरलाई राति १२ः१५ बजे छुरा प्रहार गरेको स्थानीयवासीले बताएका छन् ।छुरा प्रहारबाट घाइते मगरलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ । छुरा प्रहार गर्ने समूहको खोजी भइरहेको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिए ।यस्तै, मोरङकै बूढीगंगा गाउँपालिका–२ गंगाचोक बस्ने १९ वर्षीय राकेशकुमार झा खुकुरी प्रहारबाट घाइते भएका छन् ।उनलाई सोही ठाउँका १८ वर्षीय सुमितकुमार झाले सामान्य विवाद हुँदा साँझ ७ बजेतिर खुकुरी प्रहार गरेका थिए । घाइते राकेशको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ भने खुकुरी प्रहार गर्ने सुमितलाई इलाका प्रहरी कार्यालय, निमुवाले नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: २०७४,आश्विन,१७,मंगलवार ०६:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भरतपुर । चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन् । उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले

धनकुटा । बाँसबाट बनेका विभिन्न सामग्रीले बजारको माग धान्न मुश्किल परेको छ । यस्ता सामग्रीको माग स्वदेशमा मात्र होइन, विदेशमा

काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ (बाफिया) को प्रावधान विपरीत

धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतबाट फरार भएका ६ जना थुनुवामध्ये एक जनालाई प्रहरीले पक्राउ

ताजा समाचार

दूधको मूल्य बढाउन माग
 २०७९,माघ,१७,मंगलवार ११:५४
एशियन हाइड्रोपावरको आईपीओ आउँदै
 २०७९,माघ,१७,मंगलवार ११:५२
गाउँमै स्वास्थ्य सेवाको पहुँच
 २०७९,माघ,१७,मंगलवार ११:३८
सूनको मूल्य पाँच सयले घट्यो
 २०७९,माघ,१७,मंगलवार ११:२२