सीमा विवाद समाधान गर्न छुट्टै संयन्त्र बनाउन भारतको प्रस्ताव

लोकपथ
0
Shares

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता हटाउने सम्बन्धमा नेपालले प्रवेश गर्न खोजे पनि भारतले भने सो विषय छुट्टै संयन्त्र बनाएर मात्रै हल गर्ने प्रस्ताव राखेपछि त्यससम्बन्धी छलफल अगाडि बढ्न सकेन । तर सीमा व्यवस्थापनबारे भने छलफल भएको जनाइएको छ ।

यसअघि नेपाल र भारत सरकारद्वारा गठित प्रबुद्ध समूहको प्रतिवेदनसमेत बैठकमा एजेन्डा बन्न सकेन । । यसअघि सन् २०१६ मा नेपाल–भारत सरकारद्वारा गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले अढाई वर्षअघि तयार पारेको प्रतिवेदनको विषयले प्रवेश पाएन । ईपीजीको पहिलो बैठकले सन् १९५० को नेपाल–भारत सन्धि परिमार्जन गर्ने निर्णय गरेको थियो । यो विषयले लामो समयसम्म चर्चा भए पनि पुनरावलोकनको विषय झनै अनिश्चित बनेको छ ।

नेपाल भारत–संयुक्त आयोगको बैठकपछि आयोजक मुलुक भारतले जारी गरेको विज्ञप्तिमा सीमा विवादको विषयमा छलफल भएको कतै उल्लेख गरिएको छैन । सीमा व्यवस्थापनको विषयमा कुरा भएको भनिए पनि लिपुलेक र लिम्पियाधुराको विषयमा भने कुरा नउठेको जनाइएको छ । नेपाल र भारतको संयुक्त आयोगको बैठकअघि बिहीबार भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै सीमा विवादको विषय छुट्टै संयन्त्रबाट हल गरिनुपर्ने जनाइसकेको थियो । राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?