चिनियाँ राजदूत र राष्ट्रपति भण्डारीबीच दुई घण्टा भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ– चिनियाँ राजदूत हाउ यान्छी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच शुक्रवार साँझ भेटवार्ता भएको छ ।

राजदूत यान्छी र राष्ट्रपति भण्डारीबीच साँझ ६ बजेदेखि ८ बजेसम्म छलफल भएको हो। भेटवार्ताका क्रममा समसामयिक विषयमा कुराकानी भएको बुझिएको छ ।

केही साताअघि चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यानसहित चार सदस्यीय टोली नेपाल आएर राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?