२०७७, २ माघ शुक्रवार २०:४८

वामदेवलाई दीपक मनाङेको साथ, मुख्यमन्त्री गुरुङलाई ठूलो धक्का


प्रकाशित मिति : २०७७, २ माघ शुक्रवार २०:४८

काठमाडौँ– गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङ वामदेव गौतमतिर लागेका छन् । वामदेवले नेकपा विभाजनपछि ‘पार्टी एकता अभियान’ चलाइरहेका छन् । सोही अभियानमा मनाङे पनि लागेका हुन् ।

गत साल असार ११ गते नेकपा प्रवेश गरेका मनाङेले पार्टीको आधारिक सदस्यता नलिएकाले आफू स्वतन्त्र नै रहने बताउँदै आएका थिए । “म नेकपा भएको भए त कुनै आधिकारिकता हुन्थ्यो होला नि । मसँग केही छैन, दुईतिहाइ मात्र पुर्‍याइदिएको हुँ,” उनले भने ।

मनांगेले  गौतमलाई दिएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सकस भएको छ । अब मुख्यमन्त्री गुरुङले एक महिनाभित्र संविधानत: विश्वासको मत लिनुपर्छ । तर, अब  मुख्यमन्त्रीको पक्षमा २६ जना सांसद्‍ मात्र हुनेछन् । गण्डकीमा ६० सांसद् छन भने बहुमतका लागि ३१ सांसद चाहिन्छ ।

प्रतिक्रिया दिनुहोस