नेपालमा पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न अनुमति

RSS
0
Shares

काठमाडौँ– सरकारले कोभिड–१९ विरुद्धको आपत्कालीन खोप प्रयोगका लागि नेपालमा अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागले भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोप नेपालमा आपत्कालीन प्रयोग गर्न अनुमति दिएको हो । विभागको आज बसेको बैंठकले आपत्कालीन प्रयोगका लागि भारतीय कम्पनीले तयार पारेको खोप खरिद गर्ने निर्णय गरेको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए ।

उनका अनुसार सरकारले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप प्रयोगको अनुमति दिएको हो । सिरम इन्ष्टिच्यूट कम्पनीले एस्ट्राजेनेकासँगको सहकार्यमा बेलायतको अक्सफोर्ड विश्वबिद्यालयद्वारा विकसित खोप उत्पादन गरिरहेको छ ।

यस खोपलाई ७० देखि ९० प्रतिशत प्रभावकारी मानिएको छ । उक्त खोप भोलिबाट भारतीय नागरिकलाई लगाउने तयारी भएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?