इन्फ्रास्ट्रकचरको आइपीओमा बढ्यो क्रेज, पहिलो दिनमै झण्डै आधा आबेदन

काठमाडौँ- नेपाल इन्फ्रास्ट्रकचर बैंकले आजदेखि बजारमा ल्याएको आइपीओमा पहिलो दिनमै उल्लेख्य आबेदन परेको छ ।

पहिलो दिनको दिउँसो ४ बजेर ४० मिनेट जाँदासम्म २ लाख ८५ हजार ३ सय १८ जना आवेदकबाट ३ अर्ब ७० करोड रुपैयाँ बराबरको ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताको लागि आबेदन परेको छ।

पहिलो दिनमा निफ्राको आइपीओमा परेको माग कुल निष्काशनको झन्डै आधा हो। बैंकले  एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गरेको हो। जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि  र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ।

बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने छ ।

प्रस्तुत छ, यस विषयमा तयार पारिएको यो भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?