प्रदेश १ का मुख्यमन्त्री राई: काठमाडौंमा विवाह, विराटनगरमा भोज

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गर्ने भएका छन् । राईले माघ ११ गते काठमाडौंमा विवाह गर्ने तय भएको हो । उनले शेर्पा थरकी युवतीसँग विवाह गर्ने बुझिएको छ ।

विवाह काठमाडौंमा गर्ने र भोज विराटनगरमा आयोजना गर्ने तयारी भएको छ । यसअघि उनले प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएर मात्रै बिहे गर्ने बताउँदै आएका थिए ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?