बाबुरामको आग्रह र अनुमान- ‘ओली र राष्ट्रपतिमाथि महाअभियोग लगाऔं, अबको प्रधानमन्त्री देउवा’

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री  केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनुपर्ने बताएका छन् ।

गृहजिल्ला गोरखामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका संघीय अध्यक्षसमेत रहेका भट्टराईले यसो गरेपछि ओली यसै रिङआउट हुने टिप्पणी गरेका हुन् । अबको प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुने अनुमान पनि छन् ।

‘ओलीमाथि र राष्ट्रपतिमाथि महाअभियोग लगाउनु पर्छ । यसो गरेपछि ओली यसै रिङआउट हुन्छन्’, उनले भने, ‘केपी ओलीजस्तो भष्मासुरलाई हुर्काउन, मलजल गर्न प्रचण्ड–नेपालहरुको पनि त हात छ । अब केपीलाई हटाएर आफू सरकारको नेतृत्व गर्नु भन्नु सरासर पदलोलुपता हुन्छ । त्यसो भएपछि सरकारको नेतृत्व गर्ने पालो नेपाली कांग्रेसको आउँछ । कांग्रेसमा पनि प्रतिष्पर्धा गर्ने रामचन्द्रजीहरु संसदीय सदस्य हुनुहुन्न । त्यसैले मलाई लाग्छ अबको प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्छ ।’

नेकपाको ओली र प्रचण्ड–नेपाल समूह बीच निर्णयक सम्बन्ध बिच्छेद नहुँदा पनि समस्या लम्बिरहेको उनले बताए ।ओलीले चुनाव गराउँदै नगराउने दाबी गर्दै उनले चुनावको सपना नदेख्न समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?