प्रचण्ड-नेपाल समूहको निर्णय- ‘ओलीलाई स्पष्टीकरण, पौडेललाई महासचिवबाट हटाइयो’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यसअघि पार्टी अनुशासन उल्लंघन गरेको भन्दै नेकपाले प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षको जिम्मेवारीबाट हटाएको थियो । तर, ओलीको पार्टी अनुशासनविपरीतका गतिविधि नरोकिएको, राज्यस्रोतको दुरुपयोग गरेको र पार्टी हितविपरीत गतिविधि गरेको भन्दै उनलाई थप कारबाहीको सिफारिस गरेको हो ।

यस्तै  महासचिव विष्णु पौडेललाई समेत कारबाहीको प्रक्रिया अघि बढाएको छ । उनलाई पदबाट हटाउने निर्णय भएको छ ।आजको बैठकले प्रदेश १ को अध्यक्षबाट देवराज घिमिरेलाई हटाएर उनको ठाउँमा घनेन्द्र बस्नेत चयन गरेको छ । प्रदेश १ को सहइन्चार्जमा सुरेन्द्र कार्की, जयन्ती राई र राजेन्द्र राई चयन गरेको छ ।

बैठकमा संसद विघटनको विरुद्धमा जारी आन्दोलनलाई कसरी सशक्त बनाउने भन्नेबारे पनि तिब्र छलफल भएको श्रेष्ठले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?