मेगा बैंकले शुरु गर्‍यो भर्चुअल सहायता, अब २४ सै घण्टा सेवा लिन सकिने

लोकपथ
0
Shares

काठमाडौं । मेगा बैंक नेपालले आफ्ना ग्राहकहरुका लागि भर्चुअल (अनलाइन) सहायताको शुरुवात गरेको छ ।
बैंकले आफ्ना ग्राहकहरुकलाई छिटो, छरितो र सहज रुपमा सेवाका तथा बैंकसँग सम्बन्धित सम्पूर्ण जानकारी दिने उदेश्यले ‘मेगा इन्टेलिजेन्स भर्चुअल असिस्टेन्ट’ सेवाको शुरुवात गरेको हो ।

आफूलाई आवश्यक परेको बटममा क्लिक गरिसकेपछि ग्राहकहरुले तत्कालै प्रतिक्रिया सहित सेवा प्राप्त गर्न सक्ने बैंकको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यो सेवा इन्टरनेटको पहुँचमा रहेका ग्राहकले २४ सै घण्टा लिन सक्ने बैंकले जनाएको छ । यसलाई मिभा नाम दिइएको छ । यस सहयताअन्गर्त ग्राहकले मेगा बैंक नेपाल डटकम वा फेसबुक म्यासेन्जरमार्फत सहायता लिन सक्ने बैंकले जनाएको छ । वेबसाइटको दायाँतर्फ मेगा बैंकको अफिसियल मासकट ‘कान्छा’ वा ‘कान्छी’ देखिनेछ ।

त्यसैमा क्लिक गरेपछि बैंकले प्रदान गरिरहेका बिभिन्न प्रडक्ट÷सेवा र जानकारी नेपाली वा अंग्रेजी भाषामा प्राप्त गर्न सक्नेछन् । त्यसका लागि प्रयोग कर्ताले भाषको भने छनोट गर्नुपर्नेछ । ग्राहकले आफ्नो खाताको मौज्दात विवरण तथा कारोवारको विवरण समेत थाहा पाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?