संसद विघटनविरुद्धका मुद्दा संवैधानिक इजलासले नै हेर्ने, माघ चारबाट निरन्तर सुनुवाई

काठमाडौं । संसदविघटन विरुद्ध सर्वोच्चमा परेको मुद्दाको संवैधानिक इजलासबाटै निरन्तर सुनुवाई हुने भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दा सरकारपक्षका वकिलहरूको मागबमोजिम सर्वोच्च अदालतको संवैधानिक इजलासबाटै निरुपण हुने भएको हो ।

सो सम्बन्धमा परेका एक दर्जनभन्दा बढी मुद्दालाई संवैधानिक इजलासबाटै टुङ्गो लगाउने गरी प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणासहित पाँचजना न्यायाधीशको आजको संवैधानिक इजलासले आदेश जारी गरेको हो ।

माघ ४ गतेबाटै यो मुद्दाको निरन्तर सुनुवाई हुने सर्वोच्चले आदेश दिएको छ ।

No description available.

शुक्रवारको इजलासमा सरकार र रिट निवेदनका तर्फबाट बहस सकिएपछि सर्वोच्चले यस्तो आदेश दिएको हो । यसअघि रिट निवेदकहरुले यो संसद विघटनको रिटलाई बृहत पूर्ण इजलासमा लैजानुपर्ने माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?