प्रधानमन्त्री कप : गण्डकीसँग आर्मीको फराकिलो जित

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगितामा गण्डकी आर्मीसँग पराजित भएको छ ।

आज शुक्रवार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ९९ रनले पराजित गरेको हो ।

२ सय ८८ रनको विजय लक्ष्य पछ्याएको गण्डकी निर्धारित ५० ओभर सकिन १२ बल बाँकि रहदै १ सय ८९ रनमा अलआउट भयो ।

गण्डकीका लागि समिर कँडेलले अर्धशतक प्रहार गरे भने बिपिन खत्री ३७ रनमा नट आउट रहे । त्यस्तै टीमका लागि अर्जुन कुमारले ३६ र दिपक डुम्रेले २६ रन जोडे भने, विष्णु पाण्डेले १२ रन बनाए ।

म्याचमा आर्मीका राजेश पुलामी मगर एक्लैले ५ विकेट हात पारे ।

त्यस्तै, भीम सार्कीले ३,आकाश चन्द र रोहित पौडेलले समान १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ८७ रन बनाएको थियो ।

आर्मीका लागि बिनोद भण्डारीले शतकिय पारी खेले ।उनले ९ चौका र ५ छक्काको सहयोगमा १ सय ११ रन बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?