इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ भर्‍यो कि पर्‍यो, यस्तो छ वित्तीय अवस्था (भिडियो)

काठमाडौँ- नेपाली सेयरबजारको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो साधारण सेयर अर्थात् (आइपीओ) आजबाट निस्काशन भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आजदेखि ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको हो।

जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने बैंकले जनाएको छ । इन्फ्राको आइपीओमा आवेदन गर्ने जति सबैले पाउने भएकाले करिब १५ लाख हाराहारी आवेदन पर्ने अनुमान गरिएको छ।

१५ लाखले ५० कित्ता भन्दा बढी आवेदन गरेको खण्डमा कम्तिमा ५० कित्ता सेयर सबैले पाउनेछन्। तर सबै आवेदकले ५० कित्ता आवेदन नगरेको खण्डमा भने प्रत्येक आवेदकले ६० देखि ८० कित्तासम्म सेयर पाउने सम्भावना रहेको बैंकको अनुमान छ । पछिल्लो तथ्यांक हेर्दा डिम्याट खाता खोल्नेको संख्या झन्डै २५ लाख पुगेका छन् । यसमा केहि डुब्लिकेसनलाई घटाउँदा पनि कम्तिमा १२ देखि १५ लाखले आइपीओ भर्ने सक्ने अवस्थामा छ।

आईपिओमा छिटोमा माघ ६ गतेसम्म र सो अवधिसम्ममा माग अनुसारको आवेदन नपरेको खण्डमा माघ १६ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एपमार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एसलाई तोकेको छ ।

कस्तो छ त बैंकको वित्तीय अवस्था ? प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?