ब्याडमिन्टनमा प्रिन्सको छलाङ, विश्व वरियताको तेस्रो नम्बरमा

लोकपथ
0
Shares

काठमाडौं । ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल जुनियर ब्याडमिन्टनको विश्व वरियताको तेस्रो नम्बरमा उक्लिएका छन् ।

ब्याडमिन्टनको विश्व महासंघले सार्वजनीक गरेको नयाँ वरियता अनुसार ब्याडमिन्टन स्टार प्रिन्स जुनियरतर्फ विश्व वरियताको तेस्रो स्थानमा उक्लिएका हुन् ।

उनी भन्दा माथि भारतका वरुण कपुर र डेनमार्कका म्याड्स मुलर रहेका छन् । प्रिन्सले जुनियर ब्याडमिन्टनमा अहिलेसम्मकै ठुलो सफलता हात पारेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?