कांग्रेसले भोलि ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्दै, सहभागिताको लागि देउवाको अपील

काठमाडौं । संसद विघटनविरुद्ध नेपाली कांगेसले माघ ३ गते (शनिवार) देशभरका ७५३ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ ।

यसै क्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले भोलिको कार्यक्रममा सहभागीता जनाउन अपील गरेका छन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै कांग्रेस देशभर विरोध प्रदर्शन गरिरहेको छ । यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्र र पुस २५ गते ३३० प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ ।

आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले भोलि हुने विरोध प्रदर्शनमा सहभागीता जनाउन अपील गरेका छन् ।

“भोलि माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन म सबैलाई आर्दिक अपील गर्दछु ।” देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंवैधानिक र आलोकतान्त्रिक ठहर गर्दै संविधानमा भएको व्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध कांग्रेस एकमतका साथ उभिएको उनले बताएका छन् । “पार्टीको सबै तहका साथीहरुसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गर्दछु” । जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?