विश्वमा सबैभन्दा धेरै क्राइम हुने देशमा भेनेजुएला पहिलो नम्बरमा

काठमाडौं । के तपाईलाई थाहा छ कि संसारमा सबैभन्दा धेरै अपराध कहाँ हुन्छ ? यसको बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ । साउथ अमेरिकाको भेनेजुयलामा सबैभन्दा धेरै अपराध दर्ता भएका छन् ।

त्यहाँको जनसंख्या २ करोड ९० लाख रहेको छ । तर क्राइममा भेनेजुयला विश्वकै पहिलो नम्बरमा परेको छ ।

यो रिपोर्ट संसारका राम्रो र नराम्रो कामको लेखाजोखा गर्ने तयार पार्ने ग्लोबल डेटाबेस कम्पनी नम्बियोको एनुवल रिपोर्टमा उल्लेख छ । रिपोर्टमा २०२० मा भेनेजुयला क्राइम इण्डेक्स ८४.४९ र सेफ्टी इण्डेक्समा १५.५१ रहेको छ ।

दोश्रो नम्बरमा पपुवान्यूगिनी र यो क्राइम इण्डेक्समा ८१.९३ र सेफ्टीमा १८.०७ रहेको छ । कतारमा भने क्राइम इण्डेक्स ११.८६ र सेफ्टीमा ८८.१४ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?