स्पाइनल मस्कुलर र क्यान्सर पीडितलाई अनलाइन सिङ्गिङ प्रतिभाको आर्थिक सहयोग

काठमाडौं । अनलाइन सिङ्गिङ प्रतिभा (ओएसपी) ले आर्थिक सहयोग गरेको छ ।

संस्थाले स्पाइनल मस्कुलर एट्रीफी रोगसँग लढिरहेकी सियोना श्रेष्ठ तथा लामो समय देखी खुट्टाको क्यान्सर पिडीत अछाम ढकारी गाउँपालिका-६ की मन्सरा बुढालाई आर्थिक सहयोग उपलब्ध गराएको हो ।

संस्थाले विजया दशमी, शुभ दीपावली एवं छठ पर्वको अवसरमा उक्त आर्थिक सहयोग संकलन थालेको थियो ।

ओएसपीले चर्चित सांगितिक कार्यक्रम ईन्द्रिणीका संचालक कृष्ण कँडेलमार्फत उक्त रकम सम्बन्धीतलाई हस्तान्तरण गरिएको हो ।

यो संस्थाको दोस्रो आर्थिक सहयोग हो ।

संस्थाले यसअघि साती गुरूङ (प्रती) र सुवास रानालाई आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

अग्रजलाई सम्मान, नव प्रतिभाहरुलाई प्रोत्साहन, साथै मानवीय सेवा गर्ने संस्थाको उदेश्य रहेको बताइएको छ ।

No description available.

त्यस्तै संस्थाले स्थापना कालदेखी विभिन्न क्षेत्रमा आवद्ध भई नेपाली गीत संगीतमा रुचि भइ आर्थिक रुपमा कमजोर सहयोग गर्दै आएको साथै धेरै दुखिपीडितहरुलाई सहयोग गर्न विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको संस्थाले जनाइएको छ ।

त्यस्तै आउँदा दिनहरुमा समेत सहयोग उपलब्ध गराउँदै जाने संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?