ट्रम्पले चीनका ९ कम्पनीमाथि प्रतिबन्ध लगाए

काठमाडौं । डोनाल्ड ट्रम्पको कार्यकाल सकिन अब मात्र पाँच दिन बाँकी छ । बिहीवार राती ट्रम्पले एक अर्डरको माध्यमबाट चीनका ९ कम्पनीहरुमा प्रतिबन्ध लगाएका छन् ।

अब चीनका ९ कम्पनीले अमेरिकी नागरिक वा अमेरिकी कम्पनीसँग कुनै प्रकारको इन्भेष्टमेण्ट गर्न पाउने छैन ।

यो भन्दा पहिले पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एडमिनिस्ट्रेशनले ३९ चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएका थिए ।

यी कम्पनीहरु अमेरिकी सेनासँग जोडिएको अमेरिकी अधिकारीहरुले आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?