काठमाडौं । अष्ट्रेलिया र भारतबीचको ४ टेस्टको सीरीजको अन्तिम र निर्णायक म्याच आज ब्रिस्बेनमा भइरहेको छ ।
अष्ट्रेलियाले टस जितेर ब्याटिङ रोज्दै अहिलेसम्म ५ विकटेको क्षतिमा ६७ ओभरमा २१३ रन बनाएको छ ।
अष्ट्रेलियाका लागि मार्नस लाबुशेनले २०४ बलमा १०८ रन बनाएर आउट भए भने, डेभिड वार्नर एक रन बनाएर पेभेलियन फर्किए, त्यस्तै स्टिभ स्मिथले ३६, रन बनाए भने मार्कस ह्यारिस ४ रन बनाएर आउट भए, म्याथ्यू वाडले ४५ रन बनाएर आउट भए ।
अहिले क्रिजमा क्यामरन ग्रिन र टिम पेन रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया