काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली राजनीतिमा दिनहुँ राजनीतिका साँढेहरु जुधिरहेकाले यस वर्षको गोरु जुधाइ खास्सै मनोरञ्जनात्मक नभएको टिप्पणी गरेका छन् ।
शुक्रवार (आज) बिहान ट्वीट गर्दै नेता गुरुङले त्यस्तो टिप्पणी गरेका हुन् । उनले भने-
“यसपालि नुवाकोटको गोरु जुधाई कार्यक्रम खास्सै मनोरञ्जनात्मक भएन रे ।”
यता काठमाडौंमा दिनदिनै राजनीतिका साँढेहरुको जुधाइ भइरहेकाले नुवाकोटको गोरु जुधाइ खल्लो भएको भन्दै व्यंग्य गरेका छन् ।
“सायद यता काठमाण्डौंमा दिनदिनै राजनीतिका साँढेहरुको जुधाई भइरहेकाले नुवाकोटको गोरु जुधाई खल्लो भएको होला ।” उनले भने ।
यसपालि नुवाकोटको गोरु जुधाई कार्यक्रम खास्सै मनोरञ्जनात्मक भएन रे! सायद यता काठमाण्डौंमा दिनदिनै राजनीतिका साँढेहरुको जुधाई भइरहेकाले नुवाकोटको गोरु जुधाई खल्लो भएको होला!
— Dhan Raj Gurung (@dhanrgrg) January 15, 2021
प्रत्येक वर्षको माघ १ गते नुवाकोटको तारुका लगायतका ठाउँहरुमा गोरु जुधाइने गरिन्छ । बिहीवार (माघ १ गते) नुवाकोटको तारेश्वर गाउँपालिका ३ स्थित तारुका लगायतका ठाउँहरुमा गोरु जुधाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया