काठमाडौं । चीनमा पछिल्ला केहि दिन यता कोरोनाका संक्रमित १०० भन्दा धेरै थपिरहेका छन् । विगत आठ महिना यता चीनमा फेरि कोरोनाको कहर सलबलाउन थालेको हो ।
जसका कारण वेज्ञानिकहरु पनि चिन्तित बनेका छन् ।
शुन्य जस्तै बनिसकेको चीनमा फेरि कोरोनाका संक्रमित अचानक बढ्न थालेपछि वैज्ञानिकहरुले पहिलो वर्षको तुलनामा दोश्रो वर्ष कोरोनाले झनै हंगामा मच्चाउन सक्ने अनुमान गरेका छन् ।
चीनमा आज मात्रै पनि १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म चीनमा ८७ हजार ९८८ जनालाई कोरोना संक्रमण भएको छ भने ४ हजार ६३५ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया