इतिहासमा आज : २० वर्ष पहिले विकिपीडियाको शुरुवात, नेपाल-भारतमा गएको भूकम्पले लियो ११ हजारको ज्यान

काठमाडौं । गूगलमा हामी जब सबैभन्दा पहिला जे सर्च गरेपनि विकिपीडिया नै खुल्छ । आज त्यहि विकिपीडियाको जन्मदिन हो । आजकै दिन २००१ मा जिमी वेल्स र ल्यारी स्यांगरले विकिपीडियाको शुरुवात गरेका थिए ।

विकिपीडिया शुरु गर्नुभन्दा पहिला जिमी वेल्स र ल्यारी स्यांगरले न्यूपीडियाको नामबाट ऐनसाइक्डोपीडिया लञ्च गरेका थिए । यसमा एक्सपर्ट आर्टिकल लेख्थे । र रिभ्यू भएपछि त्यसलाई पब्लिश गर्दथे ।

पछि जब विकिपीडिया लञ्च गरियो, तब जो कसैलाई इडिटिङको अनुमति थिएन । तर केहि महिनापछि यसमा सबै यूजरले एडिटिङको अनुमति पाए । पहिला अंग्रेजी भाषामा मात्रै लञ्च गरिएको विकिपीडिया आज ३०० भाषामा रहेको छ ।

त्यस्तै आजकै दिन नेपाल भारतमा १९३४ मा भूकम्प आएको थियो ।

यो भूकम्पमा ११ हजार भन्दा धेरैको ज्यान गएको थियो । यो बेला ८.३ रेक्टर स्केलको भूकम्प मापन गरिएको थियो । नेपालमा यो बेला काठमाडौं, भातगाउँ र पाटनमा ठूलो हानी भएको थियो । भारतमा भने मुम्बई, बिहार, मुंगेर र मुजफ्फपुरमा ठूलो नोक्शान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?