किन मध्यरातमा अनुष्कालाई अस्पतालबाट डिस्चार्ज गरिँदैछ ?

काठमाडौं । ११ जनवरीमा आमा बनेकी बलिउड अभिनेत्री अनुष्का शर्मा यो हप्ता अस्पतालबाट डिस्चार्ज हुने तयारमिा छन् । तर उनलाई अस्पतालबाट रातको समयमा डिस्चार्ज गर्ने तयारी थालिएको छ ।

किनभने आफू पापाराजीबाट बच्न सकियोस् । सञ्चारमाध्यमहरुले धेरै फोटो लिन नसकुन्, यसका लागि उनी फरक कारबाट घर जाने तयारमिा रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अनुष्का क्याण्डी हस्पिटलको पछाडिको गेटबाट घर जान सक्ने बताइएको छ ।

त्यसैले उनको सुरक्षा कडा बनाइने बताइएको छ । बुधवार नै विराटले सोसल मिडियामा एक पोस्ट शेयर गर्दै सञ्चारमाध्यमहरुलाई गोपनियता राखिदिन आग्रह गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?