प्रतिनिधि सभा विघटनविरुद्ध रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि शुक्रवार (आज) पनि सुनुवाइ हुँदैछ ।

यसअघि बुधवार संवैधानिक इजलासमा भएको सुनुवाइ समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको थियो ।

बुधबारको इजलासमा रिट निवेदकतर्फबाट बहस गर्ने अधिवक्ताहरुले मुद्दाको फैसला पूर्ण बृहत इजलासबाट हुनुपर्ने जिकिर गरेका थिए । रिट निवेदकको तर्फबाट पूर्वमहान्यायाधिवक्ता समेत रहेका अधिवक्ता रमन श्रेष्ठ, शम्भु् थापा, हरिहर दाहाल, दिनेश त्रिपाठी, चन्द्रकान्त ज्ञवालीले संवैधानिक इजलासको अधिकार क्षेत्रमा यो मुद्दा नपर्ने भएकाले पूर्ण बृहद इजलाशको माग गरेका थिए ।

यस्तै सरकारको तर्फबाट महान्यायाधीवक्ता अग्नि खरेल र सुशील कुमार पन्तले संवैधानिक इजलाशबाटै मुद्दाको टुंगो लगाइनुपर्ने जिकिर गरेका थिए ।

शुक्रवार पनि मुद्दाको फैसला संवैधानिक इजलासबाट गर्ने कि बृहत् पूर्ण इजलासबाट गर्ने भन्नेमै सुनुवाइ केन्द्रीत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?