देशका अधिकांश स्थानको मौसममा बदली

काठमाडौंँ । देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । अहिले काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । मौसम बदली भएकाले हिजो अस्तिको भन्दा आज चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस रहेको काठमाडौँको न्यूनतम तापक्रम आज घटेर ५.५ डिग्री सेल्सियसमा झरेको छ ।

यसैगरी आज दिउँसो प्रदेश नं १, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका धेरै भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकि भू-भागमा आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरुमा आंशिक बदली रहने महाशाखाको अनुमान छ । गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपात र प्रदेश नं १ एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?