काठमाडौं । देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका-९ पलासेस्थित नालीमा सोही नगरपालिका-९ महत गाउँ बस्ने सिन्धुपालचोक पाँचपोखरी गाउँपालिका-७ घर भएका ४५ वर्षीय साईला श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङको सुन्दरहरैचा नगरपालिका-११ बेलेपुरस्थित झरना खोलामा ग्रामथान गाउँपालिका-७ बस्ने ३३ बर्षीय मनोज साह डुबेर मृत्यु भएको अवस्थामा फेला परेका छन् । यसैगरी धादिङको सिद्धलेक गाउँपालिका-६ नेपालटारस्थित त्रिशुली नदीको किनारामा सोही ठाउँ बस्ने ५६ बर्षीय बिष्णु प्रसाद श्रेष्ठ मृत अवस्थामा फेला परेका छन् ।
धनुषाको जनकपुर उपमहानगरपालिका-४ स्थित पोखरीमा पनि हाल नाम, थर, वतन नखुलेका करिब ४५ बर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् । कास्कीको पोखरा महानगरपालिका-३ नदिपुरस्थित छोरेपाटनबाट जैमुरेसम्म चल्ने ग.१ ख ६९२४ नम्बरको नगर बसको सिटमा सोही महानगरपालिका-२१ कृष्ती बस्ने ६२ बर्षीय राम पौडेल बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया