जी न्यूजबिरुद्ध २३ राजनीतिक संगठन एकठाउँ

काठमाडौँ– २३ राजनीतिक संगठनले जी न्यूजका सम्पादक अनधिकृतरुपमा कालापत्थर पुगेर आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै भत्सना  गरेको छ ।

देशको अपमानित गर्ने व्यक्तिलाई उपयुक्त कारवाही चलाउन परराष्ट्र मन्त्रालयमार्फत् पहल गर्ने काम अविलम्ब अघि बढाउन संगठनले सरकारसँग जोडदार माग गरेको छ ।  २३ राजनीतिक संगठनको तर्फबाट सीपी गजुरेलले जारी गरेको विज्ञप्तिमा परराष्ट्रमन्त्रीको भारत भ्रमणका कालापानीबाट भारतीय सेना हटाउने काममन लागि पहल गर्न सुझाव दिइएको छ ।

यस्तै नेपाल र भारतका बीचमा भएको सन् १९५० को असमान सन्धि खारेज गराउने प्रस्ताव प्रस्तुत गर्न, कोभिड–१९ को खोपबारे सबै विषय टुंग्याएर आवश्यक मात्रामा भारतबाट खोप ल्याउने व्यवस्था गर्न, सुस्ता, महेशपुरलगायतका अतिक्रमित नेपाली भूभाग फिर्ता गर्ने व्यवस्था गर्न पनि सुझाव दिइएको छ ।

२३ राजनीतिक संगठनमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) , नेकपा (माले), राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र),  नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्शेविक), राष्ट्रवादी केन्द्र, नेपाल, एम.सी.सी. खारेज अभियान, पुष्पलाल अध्ययन समाज,
सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा (माक्र्सवादी),  नेकपा माक्र्सवादी (पुष्पलाल), ने.क.पा. (माओवादी) र २३. समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?